दशै तिहारको रौनकता सङ्गै कोरोना बाट बचौ-उपप्रमुख बजगाइ,,

सुनिल अधिकारी,अछाम।
२०७७ कार्तिक ०३ गते,रोज ०२

देशमा दशै र तिहार को रौनकता घर आगनमै छाइरहेको बेला कोरोनाको उच्च जोखिम हुने भएकोले सबै नागरिक लाइ सचेत रहन कमलबजार नगरपालिकाका उपप्रमुख भुमिसरण बजगाइले आग्रह गर्नुभएको छ।

हिन्दु नेपाली हरुको महान चाड दशै र तिहार नजिकिदै गर्दा बिदेशबाट थुप्रै नेपाली दाजुभाइ हरु यतिबेला स्वदेश फर्किरहेका छ्न।

बिदेश बाट आउदा उनिहरु प्रायजसो ट्रेन र कचाकच यात्रुले भरिएका नेपाल भारत मैत्री बस सेवामा दिन प्रतिदिन स्वदेश फर्किने दर बढेको हुदा भारत बाट कोरोना कहरमै अब्यबस्थित तरिकाले स्वदेश आउदाको खुसी दशैमा दशा लाग्ने पनि दुइमत नरहेको उहाले बताउनुभयो।

कोरोना भाइरस (कोभिड-१९) को त्रास पछिल्लो समय सहरिया क्षेत्र भन्दा पनि ग्रामीण क्षेत्रमा बढी हुने हुदा यसबाट बच्न स्वास्थ्य संबेदनसिलताका मापदण्ड अनुसार दशै र तिहारलाइ खुसीको पर्व बनाउन जोड दिनुभयो।

दशै र तिहार कसरी बनाउने-
१.दशैमा सकभर स्वस्थ बोका वा बलिको लागि तयार गरिने पसु को ब्यबस्था गर्ने।
२.दशै र तिहारमा पहिले जस्तो भिडभाड नगरी सकभर कम मानिस उपस्थित हुने।
३.दशैको टीका र फुलमाला लगाउदा अनिबार्य मास्क र लगाउने।
४.दशै र तिहारमा नाचगान र मेला आयोजना नगर्ने।
५.दशै र तिहारको दक्षिणा दिदा सकभर विद्युतिय कारोबार गर्ने(इसेवाको खाता,बैंकिङ खाता,)लगायतमा जम्मा गरिदिने ।
६.बिदेश बाट आएका दाजुभाइ लाई २१ दिन सम्म घरको एकान्तबास मा राख्ने त्यसपछि उस्को पिसिआर टेस्ट गरेर मात्र सार्वजनिक ठाउमा आवतजावत गर्न दिने।
७.दसै र तिहारमा चर्को आवाज आउने(डिजे,स्पिकर,माइक)लगायत का उपकरण को प्रयोग नगर्ने।
यदि यस्ता खालका स्वास्थ्य साबधानी अपनाएर सुरक्षित तबरले दशै र तिहार को आयोजना गरे मात्र कोरोनाको संक्रमण दर मा केही हद सम्म नियन्त्रण हुने उहाँको भनाइ रहेको छ।

साथै, उपप्रमुख बजगाइले कुनैपनि बिदेशबाट आएको नातेदार वा छिमेकी लाई आफ्नो मान्छे हो भनेर खुलेआम घुमफिर गर्न दिने र जुनसुकै काममा संग्लग्न गराएमा त्यसले नकारात्मक असर गर्ने हुदा त्यस्ता कार्य गर्ने वा गराउने ब्याक्ती लाई कानुनको कठघेरामा उभ्याउन आफू पछि नपर्ने पनि प्रष्ट पार्नुभयो।

तपाइको प्रतिक्रिया