दशै तिहारको समयमा पन्चदेवल नगरपालिका ले निकाल्यो यस्तो सुचना,,

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ कार्तिक ०४ गते,रोज ०३

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका ले दशै तिहारको मावल नगरबासिमा छाइरहेको बेला कोरोनाको जोखिम उच्च बिन्दुमा प्रबेश गर्न सक्ने भन्दै थप सुरक्षा साबधानी र सजगता अपनाउन नगरबासिमा अनुरोध गरेको छ।

यसपटक कोरोना भाइरस(कोभिड-१९) को अवस्था भयावह र डरलाग्दो देखिएकोले मन्दिरमा रहेका घन्ट र मुर्तिमा हात नलगाइ टाढैबाट दर्शन गर्न नगरपालिका द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।

दशै तिहार जस्ता हिन्दु नेपालिको महान चाड हरुमा सुरक्षा साबधानिका मापदण्ड हरु पालना गरेर मात्र चाड,पर्व लाई थप खुसिको रुपमा ब्यबस्थापन गर्न आवश्यक रहेको नगरपालिका द्वारा हस्ताक्षरित सुचनामा प्रस्तुत गरिएको छ।

साथै ,नगरपालिका ले चाडपर्व को बेला मास्क अनिवार्य प्रयोग गर्नुपर्ने ,मेलापर्व मा २५ जना भन्दा बढी उपस्थिति नहुने,मुर्ती घन्ट नछोएर पुजा गर्ने,मठमन्दिरमा भिडभाड कम गर्न घरको एकजना सदस्य मात्र सहभागी हुने,प्रसाद बितरण गर्दा एकै ब्याक्तीले मात्र बितरण गर्ने र दशैको टीका घरपरिवार मा मात्रै सिमित रहेर लगाउने लगाएतका नियम पालना गरेर मात्र दशै तिहार मनाउन आग्रह गरेको छ।

यसैबीच,बजारमा सामान किनबेच गर्दा मास्क र सेनिटाइजरको प्रयोग गर्ने,अनावश्यक बजारमा हिड्डुल नगर्ने,यातायात का साधनमा ५०% यात्रु राखेर मात्र गन्तव्य स्थल पुर्याउने जस्ता नियमको पालना गर्नुपर्ने उक्त सुचनामा उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया