सुदुरपस्चिममा थाल्यो अख्तियार ले स्टगिङ,घुस लिदालिदै छापा

,
बुधबार श्रावण ७, २०७७ बुधबार
Kanchan aawaj

धनगढी, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयले पछिल्लो एक बर्षमा गरिएको १२ वटा स्टिङग अपरेशनमा सफलता पाएको छ । ती अप्रेशसनमा २१ जनालाई नगद सहित रंगेहात समातिएको हो । उनीहरुबाट नगद १३ लाख ७० हजार एक सय रुपैयाँ समेत बरामद गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका शाखा अधिकृत हरिश जोशीले जानकारी दिए ।

अख्तियारका अनुसार आर्थिक बर्ष २०७६/७७ मा मालपोत कार्यालय टीकापुरका नासु सिंहवहादुर सिंह र खरिदा नरराज पाण्डेयलाई लालपुर्जाको प्रतिलिपी बनाए बपत ८ हजार घुस सहित पक्राउ परेको पहिलो स्टिङ«ग अप्रेशसन थियो ।

1यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह, अकिृत भुपन जोशी र जयराज कारिगर मारुती सुजुकी कार नामसारी गरि दिए वापत एक लाख ६६ हजार एक सय रुपैया बरामद भएको थियो । सब डिभिजन वन कार्यालय विपीनगरका वन अधिकृत सुरेश चन्द्र डिसी छुटपुर्जी सिफारिस सहज गराई दिए वापत तीन लाख २६ हजार घुस लिएको अवस्थामा समातिए ।

अख्तियारका अनुसार शसस्त्र प्रहरी बल भजनीका घुमुवा शसस्त्र प्रहरी सहायक हवल्दार ज्ञानवहादुर चौधरी र रतिराम चौधरी मालसामान आउन दिए वापत २० हजार घुस सहित अख्तियारको फन्दामा परे भने ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी जवान दिपक चौधरी पनि ५ हजार घुस लिदैं गर्दा पक्राउ परे । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका ईन्जिनियर त्रिलोक जोशी भवन निर्माणको ठेक्का सम्झौता र म्याद थप लगायतका काम गर दिए वापत दुई लाख ५० हजार सहित समातिएको अख्तियारका शाखा अधिकृत जोशीले बताए । मालपोत कार्यालय कञ्चनपुरका खरिदार ललिता रोकाया जग्गा नामसारी गरे वापत एक लाख ५० हजार सहित रंगेहात समातिईन् ।

सिद्धार्थ सामुदायिक वनका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष प्रेम सिंह वनको खोलाबाट ट्याक्टरबाट माटो हाल्दा एक लाख ६० हजार रकम सहित समातिए । जलस्रोत तथा सिंचाई विभाग डिभिजन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख ईन्जिनियर सुरेशराज भट्ट चमेलिया कानीखोला तटबन्ध नियन्त्रण निर्माण कार्यको सम्झौता गर्न एक लाख सहित फन्दामा परे ।

1

ईलाका प्रहरी कार्यालय मसुरीयाका प्रहरी नायव निरिक्षक दिलवहादुर महरा र विचौलिया सामुदायिक वनका अध्यक्ष बृखवहादुर धामी एक स्थानीय दम्पतिको घरायसी झगडा मिलाउने भन्दै लिईएको ५० हजार नगद सहित समातिएको अख्तियारको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्की र कानुन व्यवसायी हिमालय विष्ट झुटा मुद्धा लगाएर थुनामा राखेकोलाई छुटाउने भन्दै लिएको ५० हजार सहित समातिए ।

गत आर्थिक बर्षको असार अन्तिमतिर जोशीपुर गाउँपालिकाका नासु सिद्धराज जोशी तालिम सञ्चालन गरे वापत भुक्तानी दिने क्रममा ८५ हजार घुस सहित समातिएको सुचना अधिकारी समेत रहेका शाखा अधिकृत जोशीले जानकारी दिए । आयोगले स्टिङ्ग अपरेशनको प्रगतिमा ठूलो सफलता प्राप्त गरेको जनाएको छ । विगतमा सफलताको दर ६५ प्रतिशत रहेकामा अहिले बढेर ८८ प्रतिशत पुगेको छ ।

भ्रष्टाचार सामाजिक प्रणालीको रुपमा स्थापित हुन लागेकाले जबसम्म यसमाथि राज्यले निर्मम प्रहार गर्ने सामथ्र्य राख्दैन तबसम्म सुशासनको कुरा निरर्थक हुने आयोगका निमित्त प्रमुख महेश पाण्डेयले बताए ।

तपाइको प्रतिक्रिया