हिजो राती देखिको अबिरल बर्षाको कारण बिनायक बजारमा ठूलो भौतिक क्षति,ठाउँ-ठाउँमा पहिरो र भु-स्खलन हुँदै,,

२०७७ साउन १४ रोज ०४
सुनिल अधिकारी,अछाम ।

हिजो राती देखि निरन्तर रुपमा परिरहेको अविरल बर्षाका कारण जिल्लाको पन्चदेवल बिनायक नगरपालिका मा ठूलो भौतिक क्षतिको जोखिम देखिएको छ।

जिल्लाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा देखिएको बिनायक बजारको पन्चदेवलको मन्दिर परिसर देखि बिधामन्दिर नमुना माध्यामिक बिधालय आसपासको क्षेत्रमा यतिखेर पहिरो र भु-स्खलन भैरहेको छ।

बिच बजारको न्युरोड बजारमा स्थापित हुलाक कार्यालयको टेलिसेन्टर सेवा प्रदान गरिरहेको घरको दक्षिणी मोहोडा अर्थात कुना पहिरोको उच्च जोखिममा रहेको छ।

यतिखेर उक्त टेलिसेन्टर को जग्गा स्खलन भैरहदा त्यो घर कति खेर के हुन्छ भन्न नसकिने अवस्था आएको घर मालिक हृदयराज अधिकारीले बताए।

यसैबीच,बिनायक बजारको अन्य स्थान पन्चदेवल बिनायक नगरपालिका को कार्यालय अगाडी ,त्यसैगरेर मध्यपहाडी सडकको छेउछाउमा बढी क्षति भएको बिनायक बजार ब्यबस्थापन समितीका अध्यक्ष प्रदिप सिंह कडायतले जानकारी दिएका छ्न।

साथै कन्चन आवाज अन्लाईन ले यस्तो किसिमको समस्या किन आएको होला भन्ने प्रस्नमा बिनायक बजारका पसल सन्चालकहरुले यस्को प्रमुख लापरबाही चाहिँ नगरपालिकाको रहेको बताएका छ्न।

नगरपालिका ले सडक कालोपत्रे गर्ने बेलामा नालाको ब्यबस्थापन नगरेको र मापदण्ड अनुसार जालिको प्रबन्ध नगरेको लगायतका कुराले यस्तो समस्या आएको बताइएको छ।

तपाइको प्रतिक्रिया