आन्तरिक खपत का बाबजुद नेपालको बिधुत भारतमा बेच्ने तयारी

कन्चन आवाज
२०७७ साउन २४ रोज ०७

नंया अड्चन नथपिए आगामी मंसिरसम्म माथिल्लो तामाकोसी आयोजनाको पहिलो युनिटबाट बिजुलीको उत्पादन सुरु हुनेछ । सबैभन्दा चुनौतीपूर्ण मानिएको ठाडो सुरुङको काम सकिएकाले माथिल्लो तामाकोसी अब धेरैपछि नधकेलिने आकलन छ ।

आयोजनाबाट मात्रै ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थपिनेछ । यो दिन नजिकिँदै गर्दा नेपाल नेपाल विद्युत प्राधिकरणलाई एउटा ठूलो चिन्ता छ, ‘दशैं/तिहारपछि प्रणालीमा खपत नभएर बढी हुनसक्ने कसरी बिजुली खेर जान नदिने ?’

यसै पनि रातमा अहिले पनि करिब ५ सय मेगावाट बराबर मात्रै बिजुली खपत भइरहेको छ । लकडाउनपछि उद्योग व्यवसायमा आएको मन्दीले आन्तरिक खपत बढाउन पनि समस्या थपिएको छ ।

बेलुकी सबैैभन्दा धेरै बिजुली माग हुने सयममा १२ सय मेगावाटको खपत छ । सुख्खायामका फागुन, चैत र वैशाख बाहेकका महिनामा प्राधिकरणलाई आन्तरिक उत्पादनबाटै यस्तो माग धान्न सकिने अवस्था बन्दैछ ।

खपत बढाउन अलमल

वर्षायाममा बढी हुने बिजुली देशभित्रै खपत गर्ने सरकारी योजना अहिले अलमलमा छ । अबको एक वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत ९० युनिट बढाउने सरकारी लक्ष्य छ । अहिले २६० युनिट रहेको प्रतिव्यक्ति बिजुली खपत ३५० युनिटमा पुर्‍याउने योजना छ ।

तीन वर्ष अघि यस्तो अपत १५० युनिट थियो । तर सरकारको लक्षय पुरा हुने हुन २०२२ सम्म यस्तो खपत दर ७ सय युनिट पुग्नुपर्छ । अब उजा पर्याप्तताका हिसावले त्यो लक्ष्य पुरा गर्न सकस हुने छैन । खपतमा प्रोत्साहन नगरी खपत दर बढाउन सम्भव हुने अवस्था पनि छैन ।

तर,यसैवर्ष बजेट लगायतका सरकारी नीतिहरु ऊर्जा खपतलाई प्रोत्साहन गर्ने गरी आएनन् । इन्डक्सन चुल्हो र विद्युतीय सवारीमा कर थप्नेदेखि विद्युतीय उपकरणको करमा वृद्धि गर्नेसम्मका निर्णयले आन्तरिक खपत निरुत्साहित भएको ऊर्जासम्बद्ध अधिकारीले बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया