शक्तिको आडमा नरबहादुर को बिचल्ली ,सरकार भने बेखबर

कन्चन आवाज,अछाम।
२०७७ भाद्र ०४ गते,रोज ०५

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ मा स्थायी बसोबास गरिरहेका नर बहादुर भण्डारीको घर अहिले बस्नै नमिल्ने गरि चर्केको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रभावशाली नेता प्रभु शाहका दाई नागेन्द्र शाहले भण्डारीको छिमेकीको टहरा सहितको जग्गा किने र टहरा भत्काएर घर बनाउने काम थाले नागेन्द्र शाहले ।

आफैं निर्माण व्यवसायमा संलग्न नागेन्द्रले आफ्नो घर निर्माण गर्ने क्रममा स्काई भेटर प्रयोग गरेर घडेरी सम्याउने काम सुरु गरे, जग खन्ने काम सुरु गरे। जग खन्ने क्रममा भण्डारीको घरको पिलर समेत निस्कने गरेर ठूलो खाल्डो खाने त्यसले भण्डारीको घरमा ठूलो खाल्डो बन्यो । जब नागेन्द्रले घडेरी सम्याउन थाले भण्डारीको घरको कम्पाउण्ड वाल चर्कन थाल्यो । त्यतिबेला भण्डारी चितवनमा थिए ।

घरको कम्पाउण्ड वाल भत्केपछि नागेन्द्रले केही सिमेन्ट उपलब्ध गराउनुका साथै स्थानीय प्रहरी चौकीमा कम्पाउण्ड मर्मतको लागि २ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भयो र भण्डारी परिवारलाई दुईलाख क्षतिपूर्ति वापत उपलब्ध पनि गराए ।

तर, जब शाह परिवारले घर निर्माणको काम अगाडि बढाए । समस्या त त्यतिबेला बल्झियो जब शाह परिवारको घरमा तला थपिदैं गयो यता भण्डारीको घर भने चर्कदैं गयो । साँढे तीन तलाको शाह परिवारको घर बन्दासम्म भण्डारीको घर भने बस्नै नमिल्ने गरि चर्किएको छ ।

त्यसपछि भने भण्डारी परिवारको दु:खका दिन सुरु भयो । त्यसपछि कैयौं पटक नागेन्द्र र प्रभु शाहसँग आफ्नो गुनासो लिएर पटक पटक गुनासो लिएर पुगे तर शाह परिवारले भण्डारीको कुनै कुरा सुन्न अस्वीकार गर्दै रहे । त्यसपछि भण्डारी परिवारले कानुनी प्रक्रिया सुरु गर्‍यो । नगरपालिकाको न्यायीक इजलास हुँदै राष्ट्रिय मानवअधिकार आयोग सम्म गुहार्न पुग्यो भण्डारी परिवार ।

न्यायको लागि भौतारिंदा भण्डारी परिवारलाई शाह परिवारले सांघातिक आक्रमण गर्न लगाएको भण्डारी परिवारको आरोप छ । राजनैतिक शक्तिकै आडमा आफूलाई उठिबास लगाउन विभिन्न हतकण्डा अपनाइएको समेत भण्डारी परिवारको जिकिर छ ।

महालक्ष्मी नगरपालिकाको न्यायीक इजलासमा २०७५ पुस २४ गते मुद्दा दर्ता गरेपनि नगरपालिकाको न्यायीक इजलासले आजसम्म उक्त मुद्दाको कुनै सुनुवाइ गरेको छैन् । न्यायीक इजलासमा आफूले दर्ता गरेको मुद्दा के भयो भन्दै भण्डारीले २०७६ जेठ १३ गते पुनः निवेदन दर्ता गरेका थिए त्यो पनि अहिलेसम्म अलपत्र परेको छ ।

दर्जन पटकभन्दा बढी छलफलको लागि नगरपालिकाले दुबै पक्षलाई छलफलको लागि भन्दै बोलाइएको भए पनि नागेन्द्र एकपटक पनि पुगेनन । कहिलेकाही पुगे भने पनि मेयरसँग कुरा गरेर निस्कने तथा आफूहरूसँग अहिलेसम्म एकपटक पनि छलफल नभएको पीडित भण्डारीको भनाइ छ ।

यसको विषयमा जानकारी लिन महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापासँग कुरा गर्दा ‘भण्डारी र शाहलाई मेलमिलाप गराउने पटक पटकको प्रयास असफल भएपछि मुद्दा अदालत पक्रियामा जान भण्डारीलाई न्यायीक इजलासले अनुमति दिएको छ ।’ उनले भनिन् ।

उपमेयरले यस्तो दाबी गरेतापनि घर निर्माण गर्ने क्रममा चारकिल्ला प्रमाणित गर्ने बेलामा सँधियारको हस्ताक्षर हुनुपर्नेमा भण्डारीको किर्ते हस्ताक्षर गरेर नागेन्द्र शाहले नगरपालिकामा बुझाएको भन्दै किर्ते सम्बन्धि मुद्दा नगरपालिकाले फैसला नगरेपछि अदालत गएपनि क्षतिपूर्ति लगायतका अन्य मुद्दा भने नगरपालिकाको न्यायीक इजलासमै रहेको पीडित भण्डारीको भनाइ छ ।

राजनीतिक शक्तिको आडमा आफ्नै छिमेकीको उठिबास लगाउनु भएछ नि भन्ने प्रश्नमा प्रभु शाहका दाई नागेन्द्र शाहले आफ्नो घर निर्माण गर्ने क्रममा भण्डारीको घरमा क्षति नपुगेको दाबी गर्दै भण्डारीले आफ्नो घरको तला थप्ने क्रममा जग कमजोर भएको हुनाले भण्डारीको घरमा क्षति पुगेको जिकिर गरे ।

कसैले भनेकै भरमा आफू दोषी नहुने भन्दै नागेन्द्रले अदालतमा मुद्दा गैसकेकोले अन्तिम छिनोफानो अदालतले नै गर्ने र उनको भनाई छ ।

यता पीडित भण्डारीले भने नगरपालिकाले राजनैतिक प्रभावमा परेर आफूमाथि अन्याय गरेको दाबी गरे । आफू नेपाली कांग्रेसको समर्थक भएकै कारणले गर्दा आफूलाई अन्याय गरेको भन्दै आफूलाई क्षतिपूर्ति उपलब्ध गराउन वा नयाँघर निर्माण गराइदिन सरोकारवालासँग उनले माग गरेका छन् ।

तपाइको प्रतिक्रिया