खोटाङमा धारिलो हतियार प्रहार गरि दाजु-बहिनिको हत्या

  • कन्चन आवाज
  • २०७७ भाद्र २० गते,रोज ०७
खोटाङ । जिल्लाको जन्तेढंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङमा दाजु–बहिनीको विभत्स हत्या गरिएको छ ।
अज्ञात समूहद्वारा ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भएको हो । शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गर्नुको कारण भने खुलेको छैन । तर, उनीहरुसँग बहुमुल्य धातु रहेको र त्यही लुट्नका लागि हत्या गरिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । घटनास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङको टोली पुगेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया