पन्चदेवल बिनायक नगरपालिकामा देखियो स्वास्थ्यकर्मिमा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ ,बजार क्षेत्र सिल गर्ने निर्णय

सुनिल अधिकारी ,अछाम।
२०७७ असार ०९ गते रोज ०६

अछामको पंञ्चदेवल विनायक नगरपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना प रोकथाम मा खटिएका एकजना स्वास्थ्यकर्मीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

१५ दिन अगाडि उनको स्वाव परिक्षणका लागि लगिएको थियो । आर्डिटी नेगेटिभ आयो तत्पश्चात असार १९ गते आज पिसिआर टेस्ट गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो।संक्रमित स्वास्थ्यकर्मी पंञ्चदेवल विनायक नगरपालिका ले निर्माण गरेको क्वारेन्टाइन मा खटिएका थिए । विगत केहिदिन यता उक्त नगरपालिका को २ नं वडाले निर्माण गरेको क्वारेन्टाइनमा खटेर सेवा दिईरहेको बताइएको छ।

योसगै नगरपालिकामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको संख्या वढेसगै बजार क्षेत्र सिल अर्थात कडाइ गर्ने निर्णय गरिएको पंञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पदम बहादुर माझिले कन्चन आवाज अनलाइन लाई जानकारी दिए।

यसैबिच उता तुर्माखाद गाउपालिकामा एकजनाले कोरोनालाइ जितेर आफ्नो घर फर्किएका छन भने अहिले तुर्माखाद का विभिन्न वडाका क्वारेन्टाइनमा २३जना रहेको गाउपालिका अध्यक्ष पुस्पराज शर्माले कन्चन आवाज अनलाइनलाइ जानकारी दिए।

तपाइको प्रतिक्रिया