सुदूरपश्चिममा कोरोना जित्नेको संख्या ५४७५ पुग्यो

  • कन्चन आवाज
  • २०७७ भदौ २८ गते,रोज ०१

 

सुदूरपश्चिमका झण्डै साढे पाँच हजार जनाले कोरोना जितेका छन्। प्रदेशको राजधानी कैलाली सहितका जिल्लाबाट शनिबार सम्म पाँच हजार चार सय ७५ जना संक्रमण मुक्त भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्र सेती प्रादेशिक अस्पतालबाट तीन जना, बझाङबाट दुई र डोटीबाट तीन गरी आठ जना डिस्चार्ज भएका छन्।

अहिले सम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीबाट  एक हजार पाँच सय चार जना डिस्चार्ज भएका छन्।

यस्तै डोटीबाट नौँ सय १० जना, अछामबाट आठ सय ९३ जना, कञ्चनपुरबाट छ सय ७४ जना, बाजुराबाट चार सय ४२ जना, बैतडीबाट तीन सय २५ जना, बझाङबाट तीन सय ६६ जना, डडेल्धुराबाट तीन सय १६ जना र दार्चुलाबाट ४५ जना डिस्चार्ज भएका छन्।

सुदूरपश्चिममा शनिबार सम्म ६ हजार चार सय ३४ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ।

तपाइको प्रतिक्रिया