बिनायकमा मदिरा विरुद्धमा आफ्नै अभिभावकको बिरोधमा युबाहरु,,

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ भाद्र २८ गते,रोज ०१

पछिल्लो समय सुदुरपस्चिम प्रदेसको पहाडि जिल्ला अछाम अन्तर्गत पन्चदेवल बिनायक नगरपालिका ले अबैध न्यून गुणस्तरको घरेलु मदिरा नियन्त्रण तथा रोकथाम कार्यलाई तीव्रता दिएको छ।

देश तथा बिदेशमा आक्रान्त पारिरहेको कोरोना भाइरस कोभिड -१९ को अबसर पारेर गाउघरमा यति खेर लुकिछिपी मदिरा ओसारपसार गर्ने कार्य बढेको हुदा नगरले पनि यसको रोकथामको लागि कडा एक्सन थालेको छ।

मदिरा नियन्त्रण तथा पुर्ण रुपमा रोकथाम गर्नका लागि प्रहरी ,प्रसासनको प्रयास मात्र प्रयाप्त नहुने भन्दै आज पन्चदेवल बिनायक नगरपालिका का निमित्त प्रमुख प्रसासकिय अधिकृत पदम बहादुर माझिको नेतृत्व मा एकटोली पन्चदेवल बिनायक नगरपालिका वडा न:५ लयाटी स्थिति आलि भन्ने ठाउँमा त्यहाका जनतालाई मदिरा विरुद्ध को बारेमा जानकारी दिन प्रस्थान भएको थियो।

प्रशिक्षण दिने क्रममा अधिकृत माझिले मदिरा सेवन का कारण सामाजिक,आर्थिक,मनोवैज्ञानिक लगायत अन्य क्षेत्रमा असर पुर्याउने हुदा मदिरा सेवन मानव स्वास्थ्य को लागि एकदमै हानिकारक रहेको बताउनुभएको छ।

सिलसिलेवार छलफलका क्रममा अधिकृत माझिले मदिरा न्यूनीकरण का लागि कस्तो किसिमको पहल गर्न सकियला? भनेर सोधेको प्रश्नमा त्यहाको युबा हरुले”मदिरा रोकथाम तथा नियन्त्रण गर्न आफ्ना अभिभावकहरुलाइ सुधार गर्नुपर्ने कुरा औल्याएका छन”

साथै उनिहरुले यदि सम्झाइ बुझाइ गरेर पनि समाजमा मदिरा सेवन गर्ने,मदिरा उत्पादन गर्ने,हो हल्ला गर्ने क्रम नरोकियमा महिला र युबाक्लब को सङ्युक्त पहलमा मदिरा विरुद्ध को अभियान चलाइ कार्बाही गर्ने अभिव्यक्ति पनि दिएका छन।

यसैबीच ,उक्त मदिरा विरुद्ध को जनचेतनामूलक कार्यक्रममा पन्चदेवल बिनायक नगरपालिका का कृषि शाखा प्रमुख महाजित बि.क.,सोसेक नेपालकी सहजकर्ता बिनिता माझी लगायत करिब ८० जनाको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया