सुदुरपस्चिम प्रदेशमा उडान गर्न अन्यौलता बढ्यो,,

  • कन्चन आवाज
  • २०७७ असोज २० गते,रोज ०३।
गत शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईसंगै सुदूर पहाडका तीन विमानस्थल उद्धाटन गर्न पुगेका नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजन पोखरेलले डोटीको दिपायल, बैतडीको पाटन र बझाङको देवल विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि पहल भएको र अर्को हप्तादेखि संञ्चालन हुने बताएका थिए।

दिपायल, पाटन र देवलमा नियमित विमान सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको दावी गर्दै अर्को हप्तादेखि जहाज संञ्चालन हुने भनिएको थियो। तर विमानस्थल उद्धाटन र परीक्षण उडान भएपनि नियमित हवाई सेवा संञ्चालनको विषयमा भने अन्यौलता देखिएको छ।

‘नियमित उडानका लागि विमानस्थलको निरीक्षण र उद्धाटन भयो,’ धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले भने, ‘मन्त्री भट्टराईसंगै सुदूरपश्चिम पुगेका प्राधिकरणका निर्देशकले पनि दशैं अगाडी नियमित उडान हुने आश्वासन दिनुभएको छ।’ तर तत्कालन नै हवाई सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढ्न सकेको छैन्।

अहिले धनगढीलाई वेस बनाएर प्रदेशका पहाडी जिल्लामा नियमित जहाज संञ्चालन हुन सकेको छैन्। बाजुरको कोल्टी विमानस्थलमा भने चार्टड उडान हुँदै आएको छ। अन्य चार पहाडी जिल्लामा विमानस्थल निर्माण भएपनि उडान हुन सकेको छैन्। दिपायल, पाटन र देवलमा समिट एयरले नियमित उडान भर्ने भनिएको छ।

तर त्यसका लागि आवश्यक प्रक्रियाहरु सुरु हुन सकेको छैन्। पहिला कुन विमानस्थलमा जहाज संञ्चालन गर्ने, भाडा दर कती कायम गर्ने, दैनिक उडान गर्ने की साप्ताहिक उडान गर्ने भन्ने विषयमा कुनै टुङ्ग्यो नलागेको समिट एयरका प्रतिनिधी हर्क मल्लले बताए।

‘केही दिनमा बैठक बसेर सबै प्रक्रिया अगाडी बढाईने खबर आएको छ,’ उनले भने, ‘अहिले सबै विमानस्थालमा नियमित उडान गर्न सकिन्न होला। बझाङ र अछामका लागि भने तयारी भईरहेको छ।’ हालै निर्माण सम्पन्न भएका तीनै विमानस्थलहरु लामो समय देखि बन्द थिए।

तर अहिले आएर सुदूरपश्चिममा नियमित आन्तरिक उडान खवर सुनेपछि प्रदेशबासी हर्षित भएका थिए। प्रदेशको समग्र विकास संगै पर्यटन प्रर्वद्धन, स्वास्थ्यमा सहज पहुच र आरामदायी यात्राका लागि अन्तरिक उडान आवश्यक रहेको छ।

त्यसका लागि स्थानीय र प्रदेश सरकारले पनि आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने देखिएको छ। एक वर्ष अगाडी निर्माण सम्पन्न भएको अछामको साफेवगर विमानस्थल पनि नियमित संञ्चालनमा आउन सकेको छैन्।

तपाइको प्रतिक्रिया