कैलाली मा करिब २ करोड को तटबन्ध पहिरोमा बग्दै

कैलालीमा डेढ महिना नपुग्दै पौने दुई करोडको तटबन्ध बग्यो

कन्चन आवाज सम्बादाता
२०७७ भदौ ३ गते,रोज ०४

कैलालीमा झन्डै दुई करोड लागतमा बनाइएको तटबन्ध निर्माण सम्पन्न भएको डेढ महिना नबित्दै भत्किएको छ। कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ७ स्थित कान्द्रा नदीको सुनपाल क्षेत्रमा बनाइएको तटबन्ध भत्किएको हो।

उक्त तटबन्ध गत असार १५ गते मात्रै निर्माण सम्पन्न भएको थियो। तर त्यसको एक महिना नपुग्दै साउन १४ गतेबाट भत्किन थालेको तटबन्ध एक सय मिटर बगिसकेको छ भने सिरानबाट नदी पसेर सबै तटबन्ध बग्ने खतरा बढेको छ। साथै तटबन्धको पुछारतर्फ पनि ३० मिटर भन्दा बढी तटबन्ध आधा बगेर बिग्रिसकेको छ।

संघीय सरकार मातहत रहेको राष्ट्रपति चुरे तराइ–मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाई कार्यालय लम्कीले उक्त तटबन्धका लागि गत आर्थिक वर्षको बजेटबाट एक करोड ८८ लाख ७३ हजार बजेट विनियोजन गरेको थियो।

कार्यालयले उक्त रकममा तटबन्ध बनाउन तीन वटा उपभोक्ता समितिलाई जिम्मा दियो। जसमा गत असार १५ गते काम सम्पन्न भएको भनेर दुई ओटा उपभोक्ता समितिलाई शतप्रतिशत र एउटालाई ९५ प्रतिशत रकम भुक्तानी दिएको कार्यालय प्रमुख हरिवंश आचार्यले बताए।

तपाइको प्रतिक्रिया