पछिल्लो २४ घन्टामा आइतबार देशभर १३२५ जनामा कोरोना संक्रमीत थपिए

  • कन्चन आवाज,अछाम ।
  •  २०७७ असोज ४ गते,रोज ०१

अछाम  : नेपालमा थप  १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्।

आज ९६६ जना निको भएका छन्। हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया