नेपालमा कोरोना जितेर घर जानेको सङ्ख्या ७ हजार ४९९ पुगे


प्रकाशित मितिः २४ असार २०७७, बुधबार
अछाम।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा थप २८ जना सङ्क्रमित थपिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्ला केही दिनयता देशका अन्य स्थानमा सङ्क्रमितको सङ्ख्या घटे पनि उपत्यकामा बढेकोे छ ।
प्रवक्ता गौतमले पछिल्लो समय ६८८ जना डिस्चार्ज भएको बत९ाउनुभयो ।
उहाँले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ४९९ पुगेको बताउनुभयो । हालसम्म देशभर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २५ हजार ७२७ छ । मन्त्रालयका अनुसार आठ हजार ६३४ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा छ हजार १३३ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी काठमाडौँ उपत्यका लगायतका कुनै पनि क्षेत्रमा कोरोना भाइरस समुदाय स्तरमा नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट गरेको छ ।

तपाइको प्रतिक्रिया