घ्ट्यो पिसिआर परिक्षण को दायरा:३ हजार परिक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण -कन्चन आवाज

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ मङ्सिर २ गते,रोज ०३

पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।

तपाइको प्रतिक्रिया