अछाम जिल्लामा पछिल्लो समयम कोरोना परीक्षण हुनै छोड्यो,,संक्रमण बढ्ने चिन्ता-कन्चन आवाज

  • कन्चन आवाज
  • २०७७ मङ्सिर ०५ गते,रोज ०६

 

अछाम जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन हुन छाडेको छ ।

तिहारपछि भने एक जनाको समेत स्वाब संकलन नभएको पाइएको छ । देशभर कोभिड– १९ को संक्रमण दिनानुदिन बढ्दै गए पनि अछाममा जिल्लाभित्रै पीसीआर परीक्षण प्रयोगशाला हुँदासमेत स्वाब संकलन भएको छैन ।

जिल्लामा कोरोना परीक्षण गर्न कमलबजार नगरपालिकाले स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालामा विगत ४ दिनदेखि स्वाब नहुँदा कोरोना परीक्षण रोकिएको प्रयोगशालका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

अछाम जिल्लाका विभिन्न १० वटा स्थानीय तहहरूले स्वाब संकलन नगर्दा कमलबजार नगरपालिकाको पहलमा स्थापना भएको जिल्लाको एक मात्र प्रयोगशालामा कोरोना परीक्षण रोकिएको बिष्टको भनाइ छ ।

हाल जिल्लामा भारतसहित अन्य देशका विभिन्न ठाउँबाट जिल्ला भित्रिने र बाहिरिनेको संख्यामा कमी नआएका कारण पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने अनुमान छ । जिल्लाभित्र र बाहिर ओहोरदोहोर गर्दा संक्रमण फैलिएको हुने सक्ने आँकलन गरिएको छ ।

कमलबजार नगरपालिकाले स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालामा हाल क्षमताभन्दा न्यून संख्यामा मात्र कोरोना परीक्षण हुने गरेको छ ।

दैनिक ९६ को संख्यामा कोरोना परीक्षण गर्ने क्षमता रहेको प्रयोशालामा सुरुवातमा २४ घण्टामा १२८ जनाको कोरोना परीक्षण हुने गरेको थियो । पछिल्लो समयमा अछाममा दिनमा ५० जनाको स्वाबसमेत संकलन हुँदैन ।

देशका विभिन्न ठाउँमा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला अछाममा भने कोरोना परीक्षणका लागि स्वाब नै संकलन नहुँदा जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको छ ।

यो खबर हामिले पालिका खबरबाट लगेका हौ”

तपाइको प्रतिक्रिया