पछिल्लो २४ घण्टामा ७०३ जना कोरोना संक्रमीत थपिए,सक्रिय संक्रमितको संख्या १७,२३७ पुग्यो-कन्चन आवाज

  • सुुुुनिल अधिकारी 
  • २०७७ मङ्सिर १२ गते,रोज ०६

 

नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमित सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ।

हाल १७ हजार २३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ।

हालसम्म १७ लाख दश हजार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार २३६ जना सङ्क्रमित निको भएका छन्।

हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन्। मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको जनाएकाे छ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हाल ६०१ जना क्वारेन्टिनमा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button