
ओलिले प्रचण्डलाई भने:आवश्यक परे सिधै लडाइ लड्ने मेरो बिशेषता हो-कन्चन आवाज
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिधा र खुला बहस गर्ने र आवश्यक परे सिधा लडाइँ लड्ने आफ्नो विशेषता भएको दाबी गर्दै छलकपट र दाउपेच आफ्नो स्वभाव नभएको बताएका छन् ।
पार्टीभित्रका समस्याको समाधानका लागि अख्तियार लगाउने जस्ता हतियारको सहारा लिनुपर्ने कमजोर धरातलमा आफू नउभिएको उनको भनाइ छ ।
‘आरोप लगाउँदै जाँदा तपाईंले ममाथि ‘संकटकाल लगाउन खोजेको’, ‘संसद भंग गर्न खोजेको’, ‘द्वन्द्वकालीन मुद्दाहरू व्युँताउन खोजेको’, ‘अख्तियार लगाउन खोजेको’, नेताहरू ‘लडाउन खोजेको’ आदि फरेब तेस्र्याउनु भएछ । लोकतन्त्र मेरो निष्ठा हो, बाध्यता होइन । विधिको शासन मेरो छनोट हो, ओठेभक्ति होइन । सिधा र खुला बहस अनि आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो । छलकपट र दाउपेच मेरो स्वभाव होइन,’ प्रस्तावको ४८ औं नम्बर बुँदामा ओलीले भनेका छन्, ‘म पार्टीभित्रका समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनुपर्ने कमजोर धरातलमा उभिएको छैन । मैले लडाएर लड्ने त्यति कमजोर हुुनुहुन्छ र हाम्रो पार्टीका नेताहरू ? आफ्नै छायाँसँग पनि तर्सिनुपर्ने अवस्थाबाट मुक्त हुनुहोस् !
ओलीको प्रस्तावमाथि मंसिर १६ गते सचिवालय बैठकमा छलफल हुनेछ ।