नेपाल मा आज थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७,६५८ पुग्यो

कन्चन संवाददाता
२०७७ साउन ४ रोज ०१

अछाम : पछिल्लो २४ घन्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ।

शुक्रबार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ जना उपचारपछि निको भएका छन्।

मंगलबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

तपाइको प्रतिक्रिया