सुदुरपस्चिम अन्तर्गत पन्चदेवल नगरपालिकामा यति धेरै मा कोरोना संक्रमण-kanchan aawaaj

कन्चन आवाज
२०७७ साउन ११ गते

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो।

आज थपिएका मध्ये सबैभन्दा बढि अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुष गरी १४ जना, बाजुराको खप्तडछेडेदहका १ का दुई महिला र वडा नम्बर ६ का ११ वर्षीय बालक रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको छ।

तपाइको प्रतिक्रिया