कोरोना नियन्त्रणमा कडा एक्सन लिदै बिनायक नगरपालिका ,लकडाउनको मोडालिटी यस्तो हुने,, .

२०७७ साउन ३० गते,रोज ०६
सुनिल अधिकारी,अछाम ।

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका ले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा न्युनिकरणका लागि आज देखि फेरि लकडाउन को समयावधि लम्ब्याउने भएको छ।

नगरपालिकाको संकट ब्यबस्थापन केन्द्र्को मिति २०७७ साउन २९ गतेको निर्णय र मिति २०७७ साउन ३० गते बसेको नगर स्तरीय सरोकारवाला सङ्ग को बैठकको निर्णय समेतका आधारमा हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को समेत यस जिल्लामा उच्च जोखिम रहेकोले संक्रमण तथा नियन्त्रण का लागि लकडाउन अर्थात बन्दाबन्दी कडाइ गरिएको बताइएको छ।साथै लकडाउनको समयावधिभर धार्मिक मेलापर्ब ,तिज,महोत्सव ,बैठक ,गोष्ठी ,सेमिनार,लगायत अत्यावश्यक सेवा बाहेकका सबै पसल बन्द गर्ने निर्णय पनि गरिएको नगर कार्यपालिका द्वारा प्रकाशित सुचना पत्रमा उल्लेख गरिएको छ।

यसैबीच,यो निर्णय लाई कसैले उल्लंघन गरेमा पहिलो पटक रु एक हजार जरिवाना गरिने भएको छ भने दोहोर्‍याएमा सङ्क्रामक रोग नियन्त्रण ऐन अनुसार कार्बाही गरिने पनि उक्त प्रकाशित सुचनामा उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया