देशभरमा आज थप ६ सय ४१ जना काेराेना संक्रमित थपिए

कन्चन आवाज खबर सम्बादाता
२०७७साउन ३२ गते,रोज १

देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा काेराेना संक्रमित थपिएका छन्। आइतबार १ सय ३४ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन्।

आइतबार सक्रिय संक्रमितकाे संख्या ९ हजार २ सय २१ छ। २४ घन्टामा १२ हजार २ सय ४७ जनाकाे पिसिआर गरिएकाे गाैतमले जानकारी गराउनु भएकाे छ। थपिएका मध्ये महिला २ सय १८ जना छन्।

तपाइको प्रतिक्रिया