सुदुरपस्चिममा ४५ हजार बढिको कोरोना परिक्षण ,पाँच हजारमा संक्रमण पुस्टि

कन्चन खवर संवाददाता
२०७७ भदौ १ गते,रोज ०२

अछाम :- सुदूरपश्चिम प्रदेशमा आईतबार सम्म साढे ४५ हजार बढिको पीसीआर विधीबाट कोरोना परीक्षण गरिएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार ४७ हजार ६ सय ९८ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएकोमा साढे ४५ हजार बढिमा कोरोना परीक्षण गरिएको हो।

संकलित नमूना मध्ये आईतबार सम्म ४५ हजार पाँच सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ। साढे ४५ हजार जनाको कोरोना परीक्षण गर्दा ११ प्रतिशतलाई संक्रमण पुष्टि भएको छ।

प्रदेशमा आईतबार सम्म पाँच हजार २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १३ जनामा संक्रमण देखिएको छ।

डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका चार हजार दुई सय ७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया