सुदूरपश्चिममा आज राति भारी बर्षाको सम्भावना,सचेत रहन मौसमबिदको आग्रह

कन्चन खवर संवाददाता
२०७७ भदौ २ गते,रोज ३

अछाम : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक दुइ स्थानहरुमा वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर सामान्यत बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भोली दिउसो र राति पनि सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया