बैतडीमा भयो हाइस दुर्घटना ,११ जना घाइते

कन्चन खवर संवाददाता
२०७७ भदौ ४ गते,रोज ५

बैतडीमा हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तरगत जिल्लाको पाटन नगरपालिका वडा नम्वर ६ स्थित लामाखेत भन्ने स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।

महेन्द्रनगरबाट दार्चुला तर्फ गइरहेको बा ३ ख ९११७ नम्वरको हाइस हिजो साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरिक्षक किसन चन्दले बताए।

घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको प्रवक्ता चन्दले बताए।

गम्भिर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेर बहादुर सावद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया विस्ना जोशी रहेकी छिन्।

समान्य घाइते रहेका ९ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमाम उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन्। हाइस सडकबाट करीब २० मिटर तल खसेको छ। चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया