क्वारेन्टाइन को नाममा मनलाग्दी गर्दै पन्चदेवल नगरपालिका ,लापरबाही गरेको आरोप।

महेश प्रसाद रिमाल,अछाम।
२०७७ भाद्र ०६ गते,रोज ०७

सुदुरपस्चिम प्रदेश अन्तर्गत पर्ने सुदुर पहाडी जिल्ला अछामको पन्चदेवल बिनायक नगरपालिका ले कोरोना संक्रमीत माथी जघन्य दुर्व्यवहार गरेको छ।कहिले बिकाश निर्माणको कार्य होस त कहिले राजनैतिक खिचातानीले दिनप्रतिदिन बिबादित बनेको यो नगरपालिका फेरि कोरोनाको चक्र भ्यु मा फसेको छ।

हिजो मात्र पन्चदेवल बिनायक नगरपालिका वडा न:-२ मा देखा परेका कोरोना संक्रमितलाइ पन्चदेवल क्याम्पसको भवनमा निर्माण गरिएको क्वारेन्टाइन मा राख्न खोज्दा उक्त क्वारेन्टाइनमा मापदण्ड अनुसार निर्माण नभएका भौतिक पुर्बाधार(नत कुनै बेड,नत सरसफाइ ,नत बिजुली बत्ति,नत पानी ,नत सरसफाइ युक्त सौचालय )केही पनि ब्यबस्था नगरिएको र लामो समय सम्म बन्द रहेको कच्ची घरको भुइतलाको कोठा भएकोले वरिपरि झारहरु उम्रेर मान्छे बस्न त परै जावस उभिन समेत सुरक्षित नभएको ठाउमा संक्रमीत लाई राख्न खोज्दा उनिहरु बस्न नमानेर पुन:ह आफ्नै घर फरिएका छन।

देशमै कोरोना संक्रमीत को संख्या बढिरहदा हिजो मात्र पन्चदेवल बिनायक नगरपालिका मा मात्र १० जनामा कोरोना संक्रमण देखिएको थियो।

दिनप्रतिदिन कोरोनाको जोखिम बढिरहदा नगरपालिका भने उक्त क्वारेन्टाइन स्यानिटाइज र सरसफाइ गर्न त्यति जागरुक देखिएको छैन।

कोरोनाले यस्तो बितन्डा मच्चाइरहदा पनि नगरपालिका त्यति जागरुक नदेखिएपछी र हिजोका कोरोना संक्रमीत क्वारेन्टाइन बस्न नमानेपछी त्यस्को कारण बुझ्न अगुवाहरुको एक टोलि त्यस तर्फ प्रस्थान भएको थियो।

त्यहा पुगेर क्वारेन्टिनको अनुगमन गर्दा क्वारेन्टाइन निर्माण गरेका भवनको बाहिर र भित्र फोहोरको थुप्रो प्याक गरिएको झोला,स्थानीय स्तरमा उत्पादन गरिएको कमशल खालको मदिरा(थैला) लगायत अन्य औसधि जन्य पदार्थ छताछुल्ल फालिएको भेटिएको छ।कोरोना रोकथाम तथा नियन्त्रण को कारण देखाउदै करिब ३ महिना पहिले नगरपालिका ले ४० वटा आइसोलेसन बेडहरु समेत खरिद गरेको थियो तर आजभोली ती बेडहरु कता छन?प्रयोगमा छन या छैनन कुनै अत्तोपत्तो छैन।

यसैबीच ,उक्त क्वारेन्टाइन अनुगमन गर्न बिनायक बजार ब्यबस्थापन समितिका अध्यक्ष प्रदिप सिंह कडायत,ने.क.पा.का वडा कमिटी अध्यक्ष कृपा बहादुर धामी,पत्रकार लगायत समाज सेबि को सहभागीता रहेको थियो।अनुगमन गरिसकेपछि उक्त टोलिले जनताको स्वास्थ्य लाई ध्यान नदिएर ,इटालिको घटना निम्त्याउन थालेको निस्कर्श निकालेको छ।

यसैबिच,नगरपालिकाले क्वारेन्टाइन निर्माण को नाममा यस्तो लापरबाही किन गरेको होला भनेर कन्चन आवाजे सोधेको प्रतिउत्तरमा पन्चदेवल बिनायक नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझिले” कोरोनाको नाममा लापरबाही गरेको नभइ केही दिनमै उक्त क्वारेन्टाइन को ब्यब्स्थापन राम्रो पारिने र आइसोलेसन बेड हरु कतै पनि हराएको नभई सुरक्षित तबरले कोठामा प्याक गरि राखिएको “बताउनुभयो।

साथै उहाले आफू सधै जनताको पक्ष मा रहि काम गर्ने पनि प्रष्ट पार्नुभयो।

तपाइको प्रतिक्रिया