पन्चदेवलका ६ जना सहित अछाम मा संक्रमितको संख्या ८ सय ८ पुग्याे ।

सुनिल अधिकारी,अछाम।
२०७७ भाद्र ७ गते,रोज ०१

आईतबार अछाम जिल्लामा थप २३ जनामा कोरोना भाईरसको संक्रमण देखिएको पुष्टी भएको छ । डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले बताउनुभयो । सुचना अधिकारी जोशीका अनुसार मंगलसेन नगरपालिकाका १७ र पञ्चदेवल बिनायक नगरपालिकाका ६ जना रहेका छन् । संक्रमण पुष्टी भएका मध्ये ४ जना महिला र बाँकी पुरुष रहेका छन् ।

बिनायकका वडा नं. ३ का ५ जना र वडा नं. ५ का १ गरी ६ जना तथा मंगलसेन नगरपालिकाका वडा नं. का १२, वडा नंं ३ र ४ का एक एक, वडा नं. १२ का २ तथा १४ का १ गरी १७ गरी २३ जना रहेका छन् । अछाम जिल्लामा कोरोना संक्रमितको कुल संख्या भने ८ सय ८ जना रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

तपाइको प्रतिक्रिया