बिनायक स्वास्थ्य चौकिमा एक जना बालकको ज्यान गयो,संयोजक भने बेखबर

कन्चन आवाज

२०७७ भाद्र १७ गते,रोज ०४

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका स्थित स्वास्थ्य चौकिमा प्रसुती गराउन खोज्दा एकजना सिशुको मृत्यु भएको छ।

पन्चदेवल बिनायक नगरपालिका वडा न ३ (गडिकोट)निबासी रमेश बहादुर शाहिकी २२ बर्सिय श्रीमती लाई सुत्केरी गराउन खोज्दा नवजात शिशुको ज्यान गएको हो।अस्ति बेलुका करिब ७ बजे प्रसुती को लागि स्वास्थ्य चौकी ल्याइएको थियो,त्यसपछि स्वास्थ्यकर्मिले चेकजाँच गर्दा बच्चा र आमाको स्वास्थ्य अबस्था राम्रो छ नआतिनुस भनेको थियो।तर राती १ बजे बच्चा भने मृत जन्मियो।

स्थानिय रतन बहादुर शाहिका अनुसार प्रसुती कक्ष मा एउत अपरिचित ब्याक्ती ले चुरोट सेवन गरिरहेको देख्दा पनि स्वास्थ्य चौकिका कर्मचारी ले बेवास्ता गरेको आरोप लगाउनुभएको छ।

यता स्वास्थ्य चौकी इन्चार्ज पदमराज तिमिल्सैना सङ्ग यसरी एउटा बच्चा को मृत्यु हुनुको कारण के होला भनेर सोधेको प्रस्नमा उहाले”स्वास्थ्य ब्यथा अलि लामो लागेको हुदा बच्चा जन्माउन असहज भइ बच्चाको मृत्यु भएको हुन सक्ने आसङ्का व्यक्त गर्नुभयो ” साथै यसरी बच्चा को सफल र सामान्य किसिमले जन्मिन नसकी मृत्यु हुनुको कारण सडक पनि रहेको स्थानिय रतन बहादुर शाहिले बताए।

यदि सडक को राम्रो पहुच भएको भए र स्वास्थ्यकर्मिले उहाको अवस्था जटिल छ भनेर भनिदिएको भएपनी जिल्ला अस्पताल लग्ने थियौ एकजना प्रसुती गराउन आएकी शाहिकी सहयोगिले भनिन।उता यस्तो किसिमको घटना के कसरी घट्यो भनेर जानकारी लिन खोज्दा स्वास्थ्य शाखा संयोजक लक्ष्मिकान्त बजगाइले आफू यो घटना प्रती कुनै जानकारी नआइ बेखबर रहेको बताए।

तपाइको प्रतिक्रिया