कोरोना कहरमै वडा अध्यक्ष ले गरे घुसको बार्गेनिङ ,२० हजार रकम घुस मागेको खुलासा

अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको प्रमाण फेला परेपछि नियन्त्रणमा लिएको बताए ।

कोरोना महामारीका बेला सर्वत्र व्यावसायिक कारोबारमा धक्का लागेका बेला स्थानीय तहका केही जनप्रतिनिधिले भने घूस कारोबारलाई निरन्तरता दिएका छन् । रोहिणी गाउँपालिका–२ वडा कार्यालय परिसरबाट पाण्डेलाई नियन्त्रणमा लिइएको हो ।

‘अनुदान दिलाउन सहयोग गरेको भनेर ४५ हजार रुपैयाँ घूस रकम सेवाग्राहीसँग माग गरेको रहेछन्,’ भुसालले भने, ‘त्यसमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा पक्राउ गरेका छौ ।’ बाँकी अनुसन्धान र छानबिनपछि पत्ता लाग्ने भुसालले बताए ।

तपाइको प्रतिक्रिया