आज – २१ आश्विन २०७७ बुधवार को राशिफल

  • कन्चन आवाज
  • २०७७ असोज २१ गते,रोज ०४
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको दिन छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । राजनीति वा कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट उपलब्धिपनि राम्रै पाइएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता छाउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । महिला वा मित्र बाट विशेष सहयोगको आश राख्न सकिन्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योगमा जुट्ने समय छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइकालागि दौडधूप गर्नु पर्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

तपाइको प्रतिक्रिया