आर्थिक अभाबले गायन क्षेत्रमा प्रबेश गर्न सकिन- सन्चारकर्मी जैसी

कन्चन आवाज
२०७७ साउन ३२ गते,रोज १

सुन्दा तपाइलाइ अचम्म लाग्न सक्छ,कोहि पनि ब्यक्तिमा प्रतिभा हुदाहुदै पनि ओझेलमा पर्न सक्छ होला भनेर? तर यो कुरा सत्यसाबित भएको छ।

कर्णाली प्रदेशको पहाडी जिल्ला आठबिस नगरपालिका वडा न:-३ अम्तोला(सिगौडी) निबासी एकजना सुमधुर स्वरका धनी,गित भनेपछि हुरुक्कै हुने,समाजका घटना ,परिघटनालाई गितकै माध्यम द्वारा प्रस्तुत गर्न सक्ने,कुशल गायककार एबम मर्मस्पर्शी शब्द तथा लय रचना गर्न सक्ने क्षमतावान ब्याक्तित्व सन्चारकर्मि मदन जैसी आर्थिक अभाब का कारण आफ्नो प्रतिभालाई अन्तर-आत्मामा नै कुन्ठित गराउन बाध्य भएका छन।

मध्यम बर्गिय पारिवारिक जिबनशैलिमा बुवा बरे जैसी र आमा मैसरा देबि जैसिको कोखबाट कान्छो सन्तानको रुपमा जन्म लिएका उनी कलाकारितामा छिर्ने चाहना राख्दाराख्दै पनि थुप्रै ठाउँमा ठन्डर र प्रत्येक पाइलामा ठेस लाग्दै गायन यात्राको नबिनतम श्रीङखलामा पुग्न सकेका छैनन।

त्यस लगत्तै बिधालय शिक्षा आफ्नै गाउमा र उच्च शिक्षा को लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रस्थान भए।

त्यहापनी उहाँ कक्षा ११ पढ्दै गर्दा आर्थिक अभावले उच्च शिक्षाको सपना पनि अन्योल तर्फ घिसारियो।आफू सङ्ग मजबुत र बलियो आर्थिक नहुदा उहाँ फेरि एकजना साथिको सम्पर्कमा साथीले गित रेकर्ड गर्न लगाइदिन्छु भनेर धनगढी लगेको बताए।

धनगढीमा गित रेकर्ड गराउदा अलि बढी नै पैसा लाग्ने भएपछि गितको तयारीमा रहेर म्युजिक पोइन्टको हेडफोन कानमा लगाएकै बेला उक्त स्टुडियो को निर्देशकले बाहिर निस्कन अनुरोध गरे कुरा बुझ्दा पैसा अपुग पो भएको रहेछ।यो कामले पनि निरन्तरता नपाइसकेपछी फेरि उहाँ साथिकै सम्पर्कमा कैलाली स्थित सुनौलो एफएम मा काम गरेको बताए ।

यसैबीच कन्चन आवाजले तपाईं आजभोलि के काम गरिरहनुभएको छ?तपाइको गायन यात्रा अगाडी बढाउन के कुराको माग राख्नुहुन्छ भनेर सोधेको प्रश्नमा उहाले”म एउटा तत्काल लोकदोहोरि गित र तिजको गित बजारमा ल्याउने तयारीमा छु,त्यसैले सकेसम्म दर्शक स्रोताले साथ दिनुहोला” साथै उहाले मेरो गायन यात्रालाइ अलि अगाडि बढाउन आर्थिक अभाब भएकोले मिल्छ भने आठबिस नगरपालिका समक्ष आर्थिक को लागि अनुरोध गर्द्छु भनेर बताएका छ्न।

सन्चारकर्मी जैसी लोकदोहोरी गित,देउडा गित,तिजका गित लगायत सबै तिर परिपक्वता रहेको पनि बताउनु भएको छ।आजभोलि सन्चारकर्मी जैसी रेडियो परिवर्तन एफएम मा ६ महिना देखि कार्यरत रहनु भएको छ।

तपाइको प्रतिक्रिया