जनकपुरमा हतियार बेच्न आएका २ जना युबा पक्राउ

  1. कन्चन आवाज
  2. २०७७ भाद्र २५ गते,रोज ०५

जनकपुरधाम-जनकपुरधाममा हतियार बेच्न आएका दुईजना युवा पक्राउ परेका छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मुसहरी टोल स्थित हातहतियार बेच्न आएको गोप्य सूचनाको आधारमा दुईजनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

बिहिबार दिउँसो करिब साढे १२ बजेको समयमा बेच्न आएको कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनाका २१ वर्षीय अजय राज कास्यत र २४ वर्षीय सुनिल कुमार मण्डललाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ।

यस घटना सम्बन्धमा थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।

तपाइको प्रतिक्रिया