बाँकेका सिडियो कुरुम्वाङले खाए २० रुपैयाको खाना

  • कुलेन्द्र बिस्वकर्मा,बाके
  • २०७७ कार्तिक २३ गते,रोज ०१

सुन्दा अनौठो लाग्छ मात्र २० रुपैयामा पेटभरि खाना भन्दा, तर भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि बिभिन्न स्थानबाट आउने बिरामी र कुरुवाहरुका लागि २० रुपियाँमा पेटभरि खाना खाने गर्दछन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले २० रुपैयाको खाना खादै गुणस्तर मा कुनै कमि नभएको बताउनुभयो । नेपालगञ्ज उप महानगरपालिका र श्री सुन्दरकाण्ड मित्र मण्डलले सुरु गरेको अभियानमा खाना खान आउनेहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ ।

सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले दैनिक चार सय जनालाई आफुहरुले खाना खुवाउन सक्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल दैनिक एकसय पचास जनासम्म ब्यक्तिले खाना खाईरहेका छन । कोभिड १९ का बिरामीहरुको उपचारसँगै भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौं ब्यक्ति उपचारका लागि आउने गरेका छन् । विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।

तपाइको प्रतिक्रिया