बाके प्रहरीले दुर्लभ पान्डाको छाला सहित ५ जना पक्राउ

  • कुलेन्द्र बिश्वकर्मा,नेपालगन्ज 
  • २०७७ भाद्र २८ गते,रोज ०१

प्रहरीले दुर्लभ रेडपाण्डाको नाउको र छाला सहित ५ जनालाई प्रकाउ गरेको छ ।

बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले उक्त ५ जना बसेको कोठाको खाट मुनि नग्रा, दात सहितको रेडपाण्डाको छाला फेला पारी बरामत गरि नियन्त्रणमा लिएको थियो ।

प्रकाउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण वलि, वडा नम्बर ९ बस्ने २८ वर्षिय इन्द्र बहादुर नेपाली, सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ का ३० वर्षिय जय बहादुर कामि, २५ वर्षिय गणेश विक र वडा नम्बर १२ वस्ने ३६ वर्षका देव बहादुर बाँठा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपि ओम बहादुर रानाले जानकारी दिए ।

हाल सम्मको अनुसन्धानका आधारमा इन्द्र बहादुर नेपालीले बरामद गरिएको रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंह बाट १० लाखमा खरिद गरेको र इन्द्र बहादुरले उक्त छाला कृष्ण वलिलाई दिएको, कृष्ण वलिले गणेस विकलाई दिएको र गणेस विक लगाएतले सुर्खेत छिन्छुबाट उक्त छाला ४० लाखमा विक्रि गरेर बाँकेमा ल्याएको प्रहरी प्रमुख एसपि रानाले आज एक पत्रकार सम्मेलन गरि जानकारी दिए ।

आज प्रकाउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम १० लाख सम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनि व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया