पन्चदेवल घर भएका एक जना नेपाल प्रहरी लाई काठमाडौमा कोरोना पुष्टि-कन्चन आवाज

सुनिल अधिकारी,अछाम।
२०७७ असोज २ गते,रोज ०६

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा न :५ लयाटी स्थित २५ बर्सिया एकजना नेपाल प्रहरिमा कार्यरत प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

घामपानी,दिनरात,नभनी जनताको सेवामा समर्पित हुदा आफुमा कोरोना पुष्टि भएको पत्तै नभएको उनको भनाइ रहेको छ।

उहा लाई भाद्र २९ गते कोरोना पुस्टि भएको थियो ।अहिले संक्रमीत उहाँको शारीरिक अवस्था सामान्य रहेको र कुनै पनि स्वास्थ्य समस्या देखा नपरेको उहाले जानकारी दिनुभएको छ।

उहाँ हाल काठमाडौ स्थित महानगरिय नगर प्रहरी भृकुटीमण्डपमा कार्यरत हुनुहुन्छ ।

 

तपाइको प्रतिक्रिया