अछाम का दस जना सहित सुदुरपस्चिममा आज थप  ४४ जनामा कोरोना पुष्टि

  • कन्चन आवाज,अछाम।
  • २०७७ असोज ४ गते,रोज ०१

अछाम :  आइतबार सुदूरपश्चिम प्रदेशका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल, डडेल्धुरा अस्पताल र बैतडीइ जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८९ को कोरोना परीक्षण भएकोमा १६ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका मात्रै १३ जना रहेका छन्।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५ महिला, वडा नम्वर २ का तीन पुरुष, वडा नम्वर ५ र १३ का एक्र/एक पुरुषमा संक्रमण पुष्टि भएको हो। यस्तै टीकापुर नगरपालिकाका तीन जना, कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १ का दुई जना र ठेगना नखुलेका एक जनालाई संक्रमण पुष्टि भएको हो सूचना अधिकारी श्रेष्ठले बताए।

उता डडेल्धुरामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले पछिल्लो २४ घण्टामा एक सय ७७ जनाको परीक्षण गर्दा बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसथापाभारा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। एक सय ३३ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ८ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार उनीहरु सबै अछामको रामारोशन गाउँपालिकाका हुन्।

जिल्ला अस्पताल बैतडीमा स्थापना भएर सञ्चालनमा आएको पिसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। आइतबार सार्वजनिक रिपोर्ट अनुसार ६६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए। दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको उनले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ८ सय नाघेको छ। संक्रमण पुष्टि भएका ५ हजार सात सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया