भेरी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा सहित २९ जनामा कोरोना पुष्टि

भेरी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा सहित २९ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १२, बर्दियाका १६ र कैलाली लम्कीचुहाका १ जना जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा र अर्का एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । त्यसैगरी बर्दियाको बारबर्दिया, गुलरीया, राजपुर र गेरुवाका १६ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया