असोज १५ गतेवाट बाँकेको कोहलपुर नगरपालिका भित्रका विद्यालय सञ्चालन

बिगत लामो सययदेखि ठप्प भएको बिद्यालयको पठनपाठन बाँकेको कोहलपुर नगरपालिका भित्रका बिद्यालय सुचारु हुने भएका छन् । सरकारले सुरक्षाको मापदण्ड अपनाउँदै विद्यालय संचालन गर्न अनुमति दिएपछि असोज १५ गतेवाट सञ्चालन ल्याउने निणर्य गरेको हो ।

शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका र विद्यालय सिकाई सम्बन्धि आकस्मिक कार्ययोजना अनुसार बाँके कोहलपुर नगरपालिकामा विद्यालय सञ्चालन हुने भएका हुन् । आज बसेको प्याप्सन, नेशनल प्याप्सन र क्रिसाको बैठकले विद्यालय असोज १५ गतेवाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

ति संगठनले जारी गरेको विज्ञप्तीमा अघिल्लो वर्ष अध्ययन गरेका विद्यार्थीले अनिवार्य रुपमा अभिलेखिकरण तथा भर्ना गरिसक्नुपर्ने उल्लेख छ । समय भित्र भर्ना नगरिएका विद्यार्थीलाई विद्यालयले परिक्षामा सामेल नगराउने जनाइएको छ ।

तपाइको प्रतिक्रिया