बाँकेमा गरिएको परीक्षणमा आज ३२ जनामा कोरोना पुष्टि

कुलेन्द्र बिश्वकर्मा

बाँकेमा दिन प्रतिदिन कोरोनाको संक्रमण वृद्धी हुदै गएपनि पछिलो समयमा बिहान बेलुका हातमुख जोडन बाहिर निस्कन बाध्य भएका छन् । जसको कारणले बाँकेस्थित तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज ३२ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालको परीक्षणमा १२, मेडिकल कलेज कोहलपुरको परीक्षणमा १८ र बागेश्वरी ल्याबको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालले १ सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

 

सबै संक्रमित बाँके कै रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा कूल कोरोना संक्रमित एक हजार सात सय दुई जना रहेकोमा तीन सय ३५ जना आइसोलेसनमा छन् । कोरोनाबाट अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया