कमलबजारका कर्मचारी लाई कुटपिट गर्ने ३ जना प्रहरिको फन्दामा

  • कन्चन आवाज,अछाम ।
  • असोज १४ अछाम।

कमलवजार नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरा सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा तपमान विष्ट सहित तीन जनाले नगरपालिकाका ईन्जिनियर नरेश न्यौपानेलाई कुटपिट गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा नगरपालिकाका एम्वुलेन्स चालक मदन विष्ट र नगर प्रमुखका नाती दिनेश विस्ट समेत रहेका छन् । पिडितको जाहेरी आएपछि कानूनी प्रक्रिया अघि वढाईने प्रहरी प्रमुख थापाले जानकारी दिनुभएको छ । घट्नाको थप विवरण वुझ्नको लागि जिल्लाबाट पनि प्रहरी खटाईसकेको उहाँले बताउनुभयो ।

 

 

तपाइको प्रतिक्रिया