बाँकेमा ३५ वर्षिय महिला सहित कोरोना संक्रमणबाट मुत्य संख्या १६ पुगेयो

बाँकेमा ३५ वर्षिय महिला सहित कोरोना संक्रमणबाट मुत्य संख्या १६ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं १ धम्वोजी निवासी की ३५ वर्षीया कोरोना संक्रमित महिलाको आज दिउँसो मृत्यु भएको हो ।

 

उनलाई स्वास्थ्यमा समस्या अएपछि असोज २ गते भेरी अस्पताल नेपालगंजमा उपचार गरिएको र कोरोना संग मिल्दाजुल्दा लक्षण देखा परेकाले कोरोना आसंका लागि स्वाव परिक्षण गरिएको थियो । उक्त महिलालाई असोज ३ गते कोरोना पुष्टि भएको बाँकेका कोरोन फोकल पसन नरेश श्रेष्ठ बताए ।

 

उनि लामो समयदेखी उच्च रक्तचाप, मधुमेह जस्ता रोगवाट ग्रस्त रहेको पारिवारिक स्रोतले जनाएको छ । दुवै साईटको फोक्सो निमोनिया भई स्वस्थ्यमा सुधार नआएपछि उनको मुत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या १६ पुगेको छ ।

तपाइको प्रतिक्रिया