कमलबजार नगरपालिका ले कोरोना परिक्षण प्रयोगशाला भोलि देखि सन्चालनमा ल्याउने,,स्थानीय हरु हर्शित,,

सुनिल अधिकारी,अछाम।
२०७७ असोज १५ गते,रोज ०५

अछाम जिल्ला को पहाडी भुभाग कमलबजार बाट भोलि देखि कोरोना परिक्षण प्रयोगशाला सन्चालनमा आउने भएको छ।कमलबजार नगरपालिका को सहयोगमा पिसिआर मेसिन जडान को काम अन्तिम चरणमा पुगि आज गुणस्तरीयता चेकजाँच गर्ने काम भैरहेको कमलबजार नगरपालिका का उपप्रमुख भुमिशरण बजगाइ(ढकालले ) बताउनुभयो।

साथै उक्त प्रयोगशाला ले दैनिक ९५ वटा पिसिआर परिक्षण गर्ने पनि बताउनुभएको छ।अछाम जिल्लामै पहिलो पटक कोरोना पिसिआर परिक्षण कमलबजार नगरपालिका मा सन्चालन हुनेभएपछी अछाम बासी गौरान्बित भएका छ्न।

कन्चन आवाज सङ्ग संक्षिप्त्त कुरा गर्दै उपप्रमुख बजगाइले अब कोरोना परिक्षण गर्नको लागि धेरै दिन कुर्नु नपर्ने ,स्वाब पठाउदा पठाउदै मानिसको अकालमै मृत्यु हुन पर्ने अवस्था नआउने बताइन।

एक फरक प्रसङ्ग मा बोल्दै उपप्रमुख बजगाइले कोरोनाको यो विषम परिस्थिति मा कमलवजार नगरपालिकाले अछामी जनताको स्वास्थ्य प्रती आफू सजग रहेकोले यो सेवा दिन थालिएको बताउनुभयो।

यसैबीच ,कोरोना परिक्षण प्रयोगशाला तत्काल को लागि कमलवजार नगरपालिका को नवनिर्मित भवन बाट सुचारु गरिने प्रष्ट पार्नुभयो।

तपाइको प्रतिक्रिया