बाँकेमा चिकित्सकसहित तीन जनाको कोरोना संक्रमणबाट मुत्यु

बाँकेमा दिनप्रति दिन कोरोना संक्रमणबाट मुत्यु हुनेका संख्या उकालो लाग्दै गएको छ । पछिलो २४ घण्टामा बाँकेमा एक चिकित्सकसहित तीन जनाको कोरोना भाइरस संक्रमणवाट मृत्यु भएको छ । नेपालगन्जको भेरी अस्पातलमा कार्यरत वरिष्ठ चिकित्सक हरि सापकोटाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का ५२ वर्षीय पुरुषको आज बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भेरीमै दरबन्दी भएपनि चिकित्सक सापकोटा केहि समयदेखि प्रादेशिक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहालाई सुर्खेतमै कोरोना भाइरस संक्रमण पुुष्टि भएको थियो । सुरुमा सुर्खेतमै उपचार गरिए पनि अवस्था नाजुक बन्दै गएपछि डा. सापकोटालाई असोज २ गते भेरी अस्पतालमा रिफर गरिएको थियो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । स्रोत व्यक्ति श्रेष्ठका अनुसार, भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेशन वार्डमा रहेका बिरामीमध्ये २० जनाको अवस्था गम्भीर छ ।

तपाइको प्रतिक्रिया