बाँकेमा कोरोना संक्रमण कारण २५ बर्षीया युवतीको मुत्यु

बाँकेमा बिगत लामो समयदेखी समुदायस्थरमा फैलिएको कोरोना संक्रमणबाट मुत्यु हनेको संख्या दिनप्रति दिन उकालो लाग्दै गएको छ । भारतसंग भएको रोटि बेटीको सम्बन्धले भारतका बिभिन्न ठाँउबाट लुकिछिपि गदै बाँके आउने गरेको छन् जसको कारणले कोरोना संक्रमण उच्च हुनुका साथै अकाल्मै ज्यान गुमाउन बाध्य छन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत् कोरोना भाइरस संक्रमित युवतीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका९ बाँकेगाउँ बस्ने २५ बर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पसन नरेश श्रेष्ठले जानकारी दिए।

धनगढी उपमहानगरपालिका स्थायी घर भएकी ती युवती बिगत १ वर्षदेखी नेपालगन्जमा बाँकेगाँउ स्थित डेरा लिएर बस्दै आएकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिइएकी थिइन् । ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । उपचार गरिरहदाापनि स्वत्थ्यमा सुधार आउन नसकेपछि उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

तपाइको प्रतिक्रिया