घरेलुु मदिरा बरामद र नियन्त्रणमा सकृय बन्दै प्रहरी कार्यालय विनायक,१ महिनाको अबधिमा ४ लाख बढी राजस्व संकलन गर्न सफल

सुनिल अधिकारी,अछाम।
२०७७ असोज १८ गते,रोज ०१

जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाले पछिल्लो समय अबैध न्युन गुणस्तरको मदिरा बरामद कार्यलाइ तिब्रता दिएको छ । नगरका सम्पुर्ण गा्रमिण बजारहरुमा अनुगमन गरे सँगै थुप्रै ठाउमा स्थानिय तह अन्तर्गतको निति नियममा रहि ब्यबसायिक लाभ लिइरहेका ब्यापारिक गतिबिधि जाँचबुझ गर्न नगरपालिकाले अनुगमनलाइ तिब्रता दिएको पन्चदेवल बिनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिक्रत पदम बहादुर माझिले बताउनु भएको छ ।

साथै उहाले मदिरा नियन्त्रण गर्ने कार्य त्यति सजिलो नभइ सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।मदिरा उत्पादन कार्यलाइ गा्रमिण भेगका मानिसले कमाइ खाने भाडाका रुपमा लिएकाले त्यसलाइ तत्काल एकचोटी निर्मुल गर्न भन्दा पनि मदिराले जनमानसमा पार्ने असरको जानकारी गराएर त्यसपछि मात्र अटेर गर्न खोजेमा कडा भन्दा कडा कार्बाहि गरिने बताउनुभयो।

यसैबिच, नगरपालिकाले मदिराा नियन्त्रणको कार्यलाइ अभियानकै रुपमा चलाए पछि धेरै हद सम्म सफल भएको पनि जानकारी प्राप्त भएको छ ।

कन्चन आवाज सँगको सँक्षिप्त कुराकानिकमा नगरपालिकाका अधिक्रत माझिले एक महिनाको अबधिमा करिब ४ लाख बराबरको राजस्व प्राप्त भएको बताए ।

उता इलाका प्रहरी कार्यालय बिनायकले पनि मदिरा नियन्त्रण कार्यलाइ अझै सार्थक रुपले अगाडि बढाएको छ। प्रहरी नायब निरीक्षक लालसिँह बिष्टले मदिरा बरामद कार्यमा कुनैपनि राजनैतिक दलले सहयोग नगरेको दुखेसो ब्यक्त गर्नुभयो। यदि समाजमा कुनैपनि पक्षको कमजोरी देखिदा त्यस्ले अरु पक्षलाइ असर गर्ने हुदा मदिरा बरामद एबम नियन्त्रण कार्यमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। साथै उहाले आफनो एकल प्रयासबाट भएपनि मदिराको मुहानलाइ नै सुकाइ आफनो कर्तब्य पुरा गरी छाडने दाबि समेत गर्नुभयो।

 

तपाइको प्रतिक्रिया