राजधानी बाहिर कोरोनाबाट धेरै मृत्यु हुनेमा बाँके १ नम्बरमा

राजधानी बाहिर कोरोनाबाट धेरै मृत्यु हुनेमा बाँके १ नम्बरमा परेको छ । कोरोना संक्रमणबाट दिनहुँ ज्यान जान थालेपछि बाँके पहिलो नम्बरमा परेको हो । प्लाज्मा थेरापी र रेमडेसिभिर औषधि चलाउँदा समेत विरामी निको नभइ मृत्यु हुन थालेपछि त्रास बढेको हो ।

 

कम उमेर र कुनै दिर्घ रोग नलागेकाहरुको पनि कोरोनाबाट मृत्यु भइरहेको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार, राजधानी बाहिर कोरोनाबाट धेरै मृत्यु हुनेमा बाँके जिल्ला १ नम्बरमा छ । विशेषज्ञहरुका अनुसार, बाँके जिल्लामा कोरोनाबाट मृत्युको संख्या अझ तीब्र रुपमा बढ्ने छ । विगत एक सातादेखि हरेक दिन भेरी अस्पतालबाट कोरोनाले मृत्यु भएकाको लास निस्किरहेको छ ।

 

यो नै दुःखदायी कुरा हो । अधिकांशको मृत्यु कोरोना लागेर निमोनियाले भइरहेको छ । स्वास्थ्य कार्यालयको तथ्यांक हेर्ने हो भने पछिल्लो समयमा कोरोनाबाट युवा, युवतीको मृत्यु भइरहेको छ । त्यसमा पनि अन्य कुनै दिर्घ रोग नलागेकाहरु रहेका छन् । भेरी अस्पतालको आइसोलेसन वार्डमा दैनिक मृत्यु हुन थालेपछि त्यहाँ उपचारार्थ विरामीहरु झन त्रसित भएका छन् ।

तपाइको प्रतिक्रिया