अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रुम टु रिडले ग¥यो जुम मार्फत वक्तृत्वकला

नवांै अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा रुम टु रिडले जुम मार्फत वक्तृत्वकला सम्पन्न भएको  छ । कोहलपुर बाँकेले वर्दिया र बाँके जिल्लाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी प्रतिनीधिबीच “कोरोना कहरमा बालिका शिक्षा र बाल वालविवाह” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । “मेरो आवाज, हाम्रो समान भविश्य” भन्ने विश्वव्यापी नाराका साथ मनाउन गइरहेको यस कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता एक महत्वपूर्ण क्रियाकलापको रुपमा रहेको छ । ्


आफ्नै बालविवाह रोकेर उदाहरणीय बनेकी साथै बाल विवाह विरुद्धको अभियानमा सक्रिय श्री सुर्योदय माध्यमिक विद्यालय चिसापानी बाँकेकी छात्रा सलिना सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कुल १७ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु चौधरी, विशिष्ट अतिथिहरुमा कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्त कुमार पौेड्याल, खजुरा गाउंँपालिकाका शिक्षा प्रमुख खगेन्द्र मल्ल एवं विभिन्न मिडियामा आवद्ध पत्राकारहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु र अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ सहायकद्वय टिका चौधरी र विपना खरेलले सञ्चालन गर्नुभएको थियो । सो प्रतियोगितामा श्री गुराँस माध्यमिक विद्यालयका छात्र राजविक्रम वोहोरा प्रथम, श्री ज्ञानज्योती माध्यमिक विद्यालय बाँके र श्री त्रिभुवन मा।वि।कोहलपुका छात्रा र छात्राहरु क्रमश भावना भुसाल र विजन जैशी द्वित्तीय, श्री राम माध्यमिक विद्यालयकी छात्रा लक्ष्मी पुन तृत्तीय र श्री त्रिभुवन मा।वि कोहलपुरकी छात्रा विभूति रिजालले सान्तवना स्थान प्राप्त गरेका थिए । प्रतियोगिताको लागि पुरस्कार विद्यालय खुल्ने अवस्था सिर्जना भएपछि वा तिहारपछि वितरण गरिने कुरा आयोजनक संस्थाका फिल्ड कार्यक्रम व्यवस्थापक श्री खड्ग बहादुर कुवंरले बताउनु भएको छ ।

संस्थाले वक्तृत्वकला साथै कोरोनाको अवस्थामा बालिकाहरुलाई खुशी झल्काउने फोटोग्राफ संकलन, सोसियल मिडियामा बाल विवाहको विरुद्वको अभियान पनि संचालनमा रहेको संस्थाकी कार्यक्रम अधिकृत सुष्मा राइले बताउनुभयो । रुम टु रिडले कोरोनाको प्रभावको कारण रेडियो कार्यक्रमबाट विभिन्न सान्दर्भिक शीर्षकहरुमा जीवन उपयोगी सीपहरु प्रदान गर्दे आएको छ । त्यस्तैगरी कोरोनाको बढ्दो प्रभावको कारण विद्यालय जान नपाएका बालबालिकाहरुको लागि सस्ंथाका कर्मचारीहरुबाट प्रत्येक महिनामा कम्तिमा एक पटक फोनको माध्यमबाट बालिकाहरुलाई भावनात्मक एवम् मानसिक रुपमा स्वस्थ रही घरमै बसी अध्ययन गर्न र सिर्जनात्क क्रियाकलापमा सहभागी रहन सहयोग गर्दे आएको कुरा यस कार्यक्रमका प्रवन्धक श्री खड्ग बहादुर कुवंरले जानाकारी गराउनु भएकोे छ । 

सो कार्यक्रममा वक्ताहरुले कोरोनाको प्रभावको कारण शिक्षक र विद्यार्थीहरुको दुरी बढ्दै गएको, अभिभावकहरुले रोजगारी गुमाएका कारण बालबालिकाहरुको शैक्षिक अवस्था कमजोर हुँदै गएको, लकडाउनको अवस्थामा बालिकाहरुप्रति दुव्र्यहार बढ्दै गएको, बालविवाह बढ्दै गएको कुरा व्यक्त गरिएको थियो । विद्यालय खुल्न नसक्दा बालिकाहरुले अनेकौ कुरा खेलाउने, पढेको कुरा विर्सने, लामो समयको अनिश्चताले गर्दा शैक्षिक अन्यौलता बढ्दै गएको कुरा व्यक्त गरिएका थिए । यस कोरोनाको कहरमा बालविवाह बढ्दै गएकाले अभिभावक, शिक्षक, स्थानीय संघसंस्था, स्थानीय सरकार सबै पक्षको ऐकेवद्धता हुनुपर्ने आवाजहरु जोडदार तरिकाले उठाइएको थियो ।

तपाइको प्रतिक्रिया