नेपाल प्रहरीमा यति ठूलो संख्या मा जागिर खुल्यो, पाँच हजार भन्दा धेरै जवान भर्ना गरिँदै

  • कन्चन आवाज
  • २०७७ असोज ३० गते,रोज ०६

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले खुलातर्फ दुई हजार आठ सय १७ कोटा तोकेको छ भने अरू समावेशीतर्फ छ। आदिवासी जनजातिका लागि सात सय ३७ र महिलातर्फ चार सय ४१ जनाको कोटा निर्धारण गरिएको छ ।

७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कक्षा आठ वा सो सरह पास गरेकोले फाराम भर्न पाउने छन्।

तपाइको प्रतिक्रिया