दशै तिहारको मुखैमा बिनायक बजारमा पानीको हाहाकार,सरोकारवाला पक्ष उदासीन,,

कन्चन आवाज,अछाम।
२०७७ कार्तिक ०४ गते,रोज ०३

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका स्थित बिनायक बजार लगायतका स्थानमा पानीको हाहाकार मच्चिएको छ।

दशै तिहारको पुर्ब सन्ध्यामै यसरी बजार क्षेत्र मा पानीको हाहाकार मच्चिदा होटल ब्यबसाय बढी प्रभावित भएको छ।

आज भन्दा करिब ३ दिन पहिले देखि अबरुद्ध भएको खानेपानी को लाइन आज सम्म पनि नखुलिदा स्थानिय बासी हरु आक्रोशित भएका छन।

नगरपालिका को वडा न :- २,३,४ र ५ नराम्ररी प्रभावित भएका छन।एकातिर कोरोना भाइरस(कोभिड-१९) को लागि दैनिक सरसफाइ गर्नुपर्ने र अर्को तिर दशै तिहारको लागि घर लिपपोत र सिङ्गारपटार गर्न झन अप्ठ्यारो परेको पन्चदेवल बिनायक नगरपालिका वडा न:-३ का पसल ब्यबसायी चन्द्र बहादुर कडायतले बताउनुभयो।साथै उहाले पानी सुचारु गर्ने चौकिदारले आफ्नो मनोमानी रुपमा पानी खोल्ने र बन्द गर्ने गरेको गुनासो व्यक्त गर्नुभयो।

करिब तीस हजार जनसंख्या लाभान्वित रहेको उक्त खानेपानी यसरी अबरुद्ध हुदा कैयौ बस्ती र बजार क्षेत्र खानेपानीको सेवाबाट बन्चित हुदा सरोकारवाला पक्ष पनि उदासिन देखिएको छ।

यसैबीच कन्चन आवाज ले यो बिषयमा पानीका चौकिदार सङ्ग बुझ्न खोज्दा उहाको मोबाइलमा बारम्बार उपलब्ध हुन सकेन जस्ता प्रतिक्रिया प्राप्त भएका छन।

तपाइको प्रतिक्रिया