पन्चदेवलको बारलामा लाग्ने रात्रि मेला यस बर्ष कटावत

  • कन्चन आवाज
  • २०७७ कार्तिक ०७ गते,रोज ०६

 

पुर्बि अछामको पन्चदेवल बिनायक नगरपालिका वडा ८ स्थित तिखापातल मेलामा यस बर्ष रात्रि मेला कटावत गरिएको छ।

विश्वब्यापी महामारीको रुप लिइरहेको कारोना भाइरसलाई मध्यनजर गरी र जिल्ला प्रशासनको प्राप्त पत्र अनुसार पुजा पाठ तथा सबै बलि बन्द गर्ने निर्ण वडा कार्यालयले गरेको वडा नम्वर ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले जानकारी दिए ।

महामारीको जोखिम थप बढ्न सक्ने भन्दै तिखापातलको चारै तिर सुरक्षा सतर्कता बढाएकाले मेला अर्थात राम हेर्ने निहुले कसैले पनि वडा भित्र प्रवेश नगरिदिन उनले आग्रह गरेकका छन ।

वडा अध्यक्ष खनालका अनुसार दशैँ तिहारमा धेरै ब्याक्तीहरु भारत तथा जिल्ला बाहिरबाट चाँर्ड पर्व मनाउन अछाम भित्रिएकाले थप जोखिम बढ्ने भएकाले यस बर्ष धार्मीक पुजापाठ तथा मेला पर्वहरुमा रोक लगाइएको हो ।

तपाइको प्रतिक्रिया